आदर्श क्लबको अध्यक्षमा दोहोरिए पदम

कास्की | भदौ १, २०८१

आदर्श क्लबको अध्यक्षमा दोहोरिए पदम

पोखरा:  लेखनाथमा क्रियाशिल आदर्श युवा क्लबको अध्यक्षमा पदम गुरुङ दोहोरिएका छन् ।

 

२७ औ वार्षिक साधारण सभा तथा १३ औ अधिवेशनबाट पदम अध्यक्षमा निर्वाचित भएका हुन् ।

 

सो समितिको उपाध्यक्षमा ओम प्रकाश गुरुङ चुनिए । यस्तै सचिवमा सन्तोष गुरुङ, सहसचिवमा उद्दव गिरी र कोषाध्यक्षमा विष्णु हमाल निर्वाचित भए ।

 

यसैगरी कार्यसमिति सदस्यहरुमा  कर्ण बहादुर गुरुङ, राजिव भण्डारी, ओम प्रकाश कुमाल, कृष्ण कुमाल, विनोद गुरुङ र सञ्जय पौडेल चयन भएका छन् ।
 

सो समितिले विविध कारणले रोकिएको आदर्श कप फुटबल प्रतियोगिता को २५ औं संस्करणको प्रतियोगिता आयोजना गर्ने निर्णयसमेत गरेको नवनिर्वाचित अध्यक्ष पदम गुरुले जानकारी दिए ।

 

यस्तै उक्त समितिले सामाजिक दायित्वलाई गम्भीरतापूर्वक बहन गर्दै सामाजिक, संस्कृतिक, जनचेतनामूलक कार्यक्रमहरूलाई पनि निरन्तरता दिने निर्णय गरेको छ ।

 

भण्डारढिकमा त्रियाशिल रहेको उक्त क्लब विगत लामो समयदेखि खेलकुदसँगै सामाजिक क्षेत्रमा सक्रिय रहदैं आएको छ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्